Author: admin

  • विद्युतमा लगाएको कर फिर्ता गराउन कुलमानको पार्टीले विदेशमा पनि थाल्यो हस्ताक्षर

    विद्युतमा लगाएको कर फिर्ता गराउन कुलमानको पार्टीले विदेशमा पनि थाल्यो हस्ताक्षर

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतमा सरकारले लगाइएको करविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु भइसकेको बताएका छन्। आज जोरपाटीमा अभियानको थालनी गर्दै विदेशमा रहेका नेपालीहरूको पनि हस्ताक्षर सङ्कलन भइरहेको बताए। उनले भने, ‘हामीले अभियान थालेको पाँचौँ दिनमा जोरपाटीको चोकबाट हस्ताक्षर अभियान हामीले सुरु गरेका छौँ। यो अभियान देशव्यापी रूपमा अगाडि बढेको छ। यो…

  • लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला

    लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला

    काठमाडौं । ललितपुरस्थित लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला सञ्चालन हुँदै आएको छ । नेपालमै बनेका तथा नेपाली उद्यमीले आफ्नै सीप र श्रमबाट उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकला, हर्बल तथा अर्गानिक सामग्री, मैनबत्ती लगायतका वस्तु राखिने गरेका छन् । बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन…

  • आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

    आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

    काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ । यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर पूजाआजा गर्ने परम्परा छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छीलगायतका जीवले…

  • प्रधानमन्त्री शाहलाई कोपका लागि टर्कीका राष्ट्रपतिको निम्तो

    प्रधानमन्त्री शाहलाई कोपका लागि टर्कीका राष्ट्रपतिको निम्तो

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले औपचारिक निमन्त्रणा पठाएका छन् । बुधबार सिंहदरबारमा भएको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई उक्त निमन्त्रणा प्राप्त भएको जानकारी गराएका हुन्। सहसचिव ढकालका अनुसार परराष्ट्र…

  • तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

    तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

    काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा क्षति पुगेको छ । पहिरोबाट मानवीय क्षति भने भएको छैन । सशस्त्र प्रहरीका अनुसार गएराति १ :१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २००/३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरेको थियो । पहिरोसँगै डुङ्गाहरू उछिट्टिँदा बीओपी…

  • राष्ट्रपति पौडेलसँग दक्षिण कोरियाका राजदूत तेयङको बिदाइ भेट

    राष्ट्रपति पौडेलसँग दक्षिण कोरियाका राजदूत तेयङको बिदाइ भेट

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयङले बिदाइ भेट गरेका छन्। विहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकालमा नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउन तथा द्विपक्षीय सहकार्य विस्तारमा पुर्‍याएको योगदानका लागि राजदूत पार्कप्रति धन्यवाद व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले नेपाल र दक्षिण कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी…

  • २५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

    २५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

    काठमाडौं। २५० रुपैयाँको सामान्य किनमेलले एक उपभोक्तालाई रातारात लखपति बनाएको छ। आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कञ्चनपुर, पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको पहिलो बम्पर नगद उपहार जितेका हुन्। विभागले साउन १ देखि १५ गतेसम्म जारी गरिएका कर बिजक (बिल) हरूलाई समेटेर गरिएको…

  • कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

    कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशत बराबर हो । यस्तै, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ ।…

  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

    काठमाडाैं। राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा प्रकाशित गरेको छ। यस वर्षको पूरक परीक्षाका लागि कुल १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थीहरू योग्य रहेकामा परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना मात्र सहभागी…

  • अर्थतन्त्र मन्दीमै रहँदा २५ प्रतिशत ठूलो बजेट: नीतिगत रूपान्तरणको आस कि राजस्व लक्ष्यको त्रास?

    अर्थतन्त्र मन्दीमै रहँदा २५ प्रतिशत ठूलो बजेट: नीतिगत रूपान्तरणको आस कि राजस्व लक्ष्यको त्रास?

    काठमाडौं। दुई तिहाइ नजिकको बलियो राजनीतिक समर्थन पाएको वर्तमान सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई पछिल्लो तीन दशकयताकै सबैभन्दा धेरै सुधारमुखी र रूपान्तरणकारी बजेटका रूपमा विश्लेषण गर्न थालिएको छ। कर प्रणालीमा व्यापक सरलीकरण, चुस्त प्रशासनिक पुनर्संरचना, ऊर्जा क्षेत्रको नीतिगत पुनरुत्थान, वित्तीय स्थायित्व र निजी लगानी प्रवर्द्धनका क्षेत्रमा साहसिक एवं…