‘जदौ’को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्टमार्फत सार्वजनिक टिजरमा नयाँ पुस्ताका युवायुवतीको त्रिकोणात्मक प्रेमका साथमा अभिभावकबीचको विबाद समेत समेटिएको छ ।

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्मको टिजरले अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापाबीच प्रेमप्रसंग रहेको आभाष गराएको छ भने अभिभावक पुस्ताको प्रतिनिधित्व अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन् ।

 


असोज ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘जदौ’ लाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथाका रुपमा बताइँदै आइएको छ । नेपाली समाजमा ब्याप्त जातसम्बन्धी विभेदकारी व्यवहारले उत्पन्न समस्या र त्यसको निराकरणको लागि चालिएको पाइलालाई सजीव ढङ्गले प्रस्तुत गरिएको निर्देशक अन्जन शर्माले बताएका छन् । लेखक समेत रहेका अर्का निर्देशक काजी लिम्बूले फिल्ममा भरपुर मनोरञ्जनका साथमा जातीय भेदभाव र असमानताको खाडल पुर्न मननीय सन्देश उजागर गरिएको उल्लेख गरेका छन् ।

समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरिएको फिल्ममा मुकुन,ऋचा,नीति,प्रभातपाल,राजश्रीका साथमा विनोद न्यौपाने,नरेश पौड्याल,गीता अधिकारी,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटा,रोहित कार्की,स्वस्तिका चौधरीलगायतको अभिनय छ ।

श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको फिल्मको निर्मातामा सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल छन् । शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड बिमला भण्डारी छिन् ।


Posted

in

by

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *