२२ भदौ, काठमाडौं । बहुप्रतीक्षित फिल्म “जदौ ” को दोस्रो गीत” तिमी संग नबोली”सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीतमा
किरण गजमेर र मनिषा सुनारको स्वर,गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ भने भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

गीतको भिडियोमा नीति शाह र प्रभात पाल ठकुरीको अभिनय देख्न सकिन्छ । ०९असोजबाट देश ब्यापी रुपमा प्रदर्शनमा आउने फिल्मले अन्तर जातीय पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथा बनाएको छ ।

फिल्म अन्तरजातीय प्रेमकथामा आधारित रहेको जनाइएको छ ।






